६ माघ २०८१, आईतवार

बझाङमा जवरजस्ती करणीका घटना बढ्दै



बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङमा जवरवस्ती करणीका मुद्दा बढेका छन् । बझाङमा जवरजस्ती करणीका घटनाहरू बढ्दै गएपछि त्यसको न्यूनीकरणको लागि बझाङ जिल्ला स्थित सरोकारवालासँग बुधबार छलफल गरेका हुन् ।
बझाङका महिला अधिकारकर्मी, नागरिक समाज, सामुदायिक प्रहरी, महिला तथा बालबालिका सेवा केन्द्र र पत्रकारहरू बीच गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले जवरजस्ती करणीमा परेका पीडित महिलाहरूको पक्षमा प्रहरी र अदालतले न्याय दिलाउन ढिला सुस्ति गरेको भन्दै पीडितलाई न्याय दिन प्रहरीले सहयोग गर्नुपर्ने सुझाव दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कडेलले प्रहरी कार्यालयमा उजुरी आउने गरे तापनि मिलापत्र गर्न खोज्ने प्रवृतिले पीडित न्याय पाउन समस्या भएको बताए ।
बझाङमा पछिल्लो तीन वर्ष यता तीसवटा जवरजस्ती करणीका मुद्दा दर्ता भएपनि सत्ताइस वटाको कारवाही प्रक्रिया अगाडि बढाइएको जानकारी उनले गराए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार