२७ पुष २०८१, शनिबार

सरकारले राहतका कार्यक्रम ल्याउँछ– खानेपानी मन्त्री



कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले सरकारले द्वन्द्वपीडितहरूका लागि राहत कार्यक्रम ल्याउने बताएकी छन् ।
सोमबार कञ्चनपुरको बेलौरी नगरपालिकामा शहीद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारजनलाई साइकल हस्तान्तरण एवं द्वन्द्वपीडित परिवारका सदस्य सम्मान कार्यक्रममा मन्त्री मगरले आफूलाई समेत माओवादी पार्टीले सहिद घोषणा गरी श्रद्धाञ्जली दिइसकेको स्मरण गरिन् ।
सो अवसरमा मन्त्री मगरले नगरपालिकाभित्र रहेका ५७ जना द्वन्द्वपीडित परिवारका सदस्यलाई साइकल हस्तान्तरण गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार