२७ पुष २०८१, शनिबार

सामुहिक आर्थिक क्रान्ति आवश्यक– रावल



अछाम । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले नेपालमा राजनीतिक आन्दोलन सकिएको र अबका दिन सामुहिक रूपमा आर्थिक क्रान्ति आवश्यकता रहेको बताएका छन ।
सोमबार अछामको साँफेबगरमा चौरपाटी साप्ताहिक पत्रिका विमोचन कार्यक्रममा नेता रावलले आर्थिक उन्नतिका लागि सबैको दल तथा पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले पछाडि पारिएका समुदायको आवाजहरुलाई उठाएर जनप्रतिनिधिलाई सचेत पार्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
सो अवसरमा प्रदेश सभा सदस्य गोविन्दबहादुर कुँवर, मनाकुमारी साउँद र दुर्गा विकले छाउपडी र महिला हिंसा न्यूनीकरणमा सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक नरबहादुर कुँवर, साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार