१० श्रावण २०८१, बिहीबार

स्थानीयद्वारा साँफे–मार्तडी सडक बन्द



बाजुरा । साँफे–मार्तडी सडकमा पर्ने तिपाडामा स्थानीयले सडकमा परेका जग्गाको मुआव्जा नपाएको भन्दै सडक बन्द गरेको छ ।
२०७२ सालदेखि नै मुआव्जाको विषयमा छलफल रहेको उक्त सडक क्षेत्रमा राज्यले मुआब्जा दिन ढिला सुस्ती गरेपछि जग्गाधनी मर्कामा परेका छन् । आफुहरुले समय समयमा मुआव्जाको बारेमा कुरा उठाउँदा पनि राज्यले सुनुआई नगरी दिएको स्थानीय जग्गाधनीहरुले बताए ।
जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय राजनीतिक दलबीच मुआब्दा दिने सहमति भएपछि अहिलेसम्म नदिएपछि अनिश्चित कालिन बन्द गरिएको जग्गाधनीले बताएका छन् । यसअघि जिल्लास्तरीय सर्वपक्षीय बैठकले नै मुआब्दा दिने निर्णय गरिसकेको भएपनि उपलब्ध गराउन भने ढिलाई गरेको छ ।
तिपाडामा स्थानीय पर्खाल र तारबार सहित बन्द गरेका छन् । स्थानीय जग्गाधनीको संलग्नतामा बन्द गरिएको हो । सडक अवरुद्ध गरिएपछि दर्जनौ सवारी साधानका यात्रुहरु तिपाडामा अलपत्र परेका छन् । जिल्ला बाहिर जान र आउन लागेका दुबै तिरका यात्रुहरुलाई समस्या देखिएको छ ।
आइतबार मात्र प्रशासन कार्यालयमा सहमतिका लागि प्रयास गरिएपनि २०७२ सालको मूल्याकंनका आधारमा मुआब्जा दिने कुरा भएपछि आफूहरुले न्यायका लागि सडक बन्द गरेको बताएका छन् । सडक अवरोध खुलाउन प्रहरी टोली तिपाडा पुगीसकेको प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार