२७ पुष २०८१, शनिबार

फिजियोथेरापी सेवा विस्तारसँगै सेवाग्राही बढे



डडेल्धुरा । प्रदेश नम्बर ७ को उपक्षेत्रीय अस्पताल डडेल्धुरामा फिजियोथेरापी सेवा विस्तारसँगै डडेल्धुरासहित डोटी, बैतडी, दार्चुला, बझाङबाट सेवाग्राही थपिदै गएका छन् ।
उपक्षेत्रीय अस्पताल डडेल्धुरामा फिजियोथेरापी सेवा शुरु भएपछि उपचारका लागि नेपालगञ्ज वा भारत जानुपर्ने बाध्यता कम भएको सेवाग्राहीको भनाई छ ।
उपक्षेत्रीय अस्पतालले लेजर, अल्ट्रासाउण्ड, ट्याक्सन मेशिनबाट फिजियोथेरापी सेवा दिइरहेको छ । प्यारालाइसिस, नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ रोगका बिरामीले सेवा लिइरहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराकी फिजियो थेरापी अधिकृत डाक्टर सदीक्षा मुलेपतीले बताए । सेवा सञ्चालन भएदेखि नै बिरामीको संख्या बढ्न थालेको छ ।
फिजियो थेरापी सेवा शुरु भएसँगै बिरामीमा चेतना जागेपछि थेरापी गराउन आउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । थेरापीका बारेमा जानकारी नहुँदा र औषधि सेवनका कारण पहाडी जिल्लामा नसा, ढाड, हातखुट्टा दुख्ने, कम्मरको समस्या भएका बिरामीको संख्या धेरै रहेको चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार