३ जेष्ठ २०८१, बिहीबार

चाउचाउ सहितका जंकफुड प्रतिबन्ध



मार्तडी । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ७ मा चाउचाउदेखिका जंकफुडमाथि प्रतिबन्ध लगाइएको छ ।
वडा कार्यालयको पहलमा भएको सर्वदलीय बैठकले चाउचाउ लगायतका जंकफुडको सट्टा स्थानीय उत्पादनमा बनेका परिकार खानुपर्ने निर्णय भएको वडा अध्यक्ष धर्मराज पाध्याले बताए ।
बालबालिका सहितको मानवस्वास्थ्यमा चाउचाउ सहितका जंकफुडले नकरात्मक प्रभाव पार्ने स्वास्थ्यकर्मीहरूको भनाइपछि आफूहरूले स्थानीय उत्पादनबाट बनेका परिकारलाई प्राथमिकता दिन सो निर्णय गरेको अध्यक्ष पाध्याले बताए ।
बैठकले वडामा सञ्चालित सबै ओजनाहरू अनिवार्य रूपमा बैशाख २० गतेभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय समेत गरेको छ । पछिल्लो समयमा योजनाहरूमा जनश्रमदान नगर्ने प्रचलन बढ्दै गएकोमा ध्यान दिँदै वडाले लाभान्वित समुदायले अनिवायरूपमा एक दिन जनश्रमदान गर्नुपर्ने निर्णय पनि गरेको छ ।
बैठकमा जिल्लामा प्रतिनिधित्व गर्ने नेकपा (एमाले), नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार