३ माघ २०८१, बिहीबार

संसदको वैठक फेरि स्थगित



धनगढी । सात नम्बर प्रदेशको संसद वैठक फेरि स्थगित भएको छ ।
संसद सचिवालयका सचिव बालाराम शर्माले सरकारले आर्थिक बिधेयक ढिलो मात्रै दर्ता गरेकोले बैठक सरेको बताए । अनुसार आर्थिक बिधेयक संसदमा लैजान पाँच दिन आवश्यक पर्ने उनले बताए ।
चैत १७ गते शनिबार हुने भनिएको बैठक २० गते मंगलबार दिउँसो १ बजेका लागि सरेको नेकपा ( एमाले) का प्रमुख सचेतक तारा लामातामाङले बताए ।
यसअघि चैत १५ गते तोएिको वैठक १७ गते शनिबारका लागि सारिएको थियो । सभामुखले कार्यव्यवस्था परामर्श समितिसंग परामर्श गरेर वैठक सारेका हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार