मदिरा सेवन गरी कक्षामा आउँदा…



धनगढी । मदिरा सेवन गरी विद्यालयमा आएका एक शिक्षकको एक महिनाको तलब चट भएको छ ।
बाजुराको छेडेदह गाउँपालिका वडा नम्बर १ मा रहेको काँडा भवानी माध्यामिक विद्यालयमा मदिरा सेवन गरी होहल्ला गरेका शिक्षक धर्म विकको एक महिनाको तलब काटिएको जनाइएको छ ।
दुई जना शिक्षक रक्सी खाएर विद्यालय प्रवेश गरी होहल्ला गर्ने उनीहरूलाई विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिको बैठकले कारवाही गरेको जनाइएको छ ।
बुधबार विद्यालयमा गाली गर्दै प्रवेश गरेपछि विद्यार्थीले कारबाहीको माग गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरसिंह रावलले बिहीबार बसेको बैठकले शिक्षक धर्मसिंहलाई अबदेखि रक्सी सेवन गरेर विद्यलाय प्रवेश गरेमा जागिरबाट नै हटाउने चेतावनी दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्