२८ भाद्र २०८१, शुक्रबार

नवजीवनका निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण



धनगढी । मुलुककै अग्रणी सहकारी संस्था नवजीवन सहकारीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनिर्वाचित पदाधकारी तथा सदस्यहरूले सोमबार नै पदभार समेत ग्रहण गरेका छन् ।
सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक राजेन्द्रवीर चन्दले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनियताको सपथ गराए । ्
नवजीवन सहकारी संस्थाको आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा चक्रबहादुर सिंह विजयी भएका छन् । उनले तीन हजार पाँच सय ३७ मत प्राप्त गरेका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी रतनबहादुर कठायतले दुई हजार सात सय ७५ मत प्राप्त गरे ।
त्यस्तै सञ्चालक समितिको उपाध्यक्षमा पनि सिंह प्यानलका डाक्टर गोविन्दराज जोशी चार हजार ५० मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर मल्लले दुई हजार तीन सय ८५ मत पाए ।
सञ्चालक समिती सदस्यमा कठायत प्यानलबाट केशवराज मिश्र, जनकराज जोशी र जयराज जोशी विजयी भए ।
सदस्यमा सिंह प्यानलबाट खेमराज पाण्डेय, ईन्दिरा जैशी, चेतराज ओझा, देवबहादुर बम, टिएन जोशी, घनबहादुर शाह, कृष्णबहादुर चौधरी र गोपालराज पाठक बिजयी भएका थिए ।
लेखा समितिका संयोजकमा चेतराज जोशी तीन हजार एक सय ३६ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्व जयराज जोशीले दुई हजार नौ सय २८ मत पाए ।
लेखा समिति सदस्यमा गोपीलाल चौधरी दुई हजार आठ सय ६५ र लक्ष्मीराज पन्त दुई हजार सात सय ७१ मतका साथ विजयी भए ।
जिल्ला प्रतिनिधिमा कठायत प्यानलकी गौरी लामा तीन हजार चार सय मतका साथ विजयी भइन् ।
पदभार ग्रहण कार्यक्रममा प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुुर बोहराले कुनै किसिमको लोभलालचमा नलागेर संस्थाको उन्नतीका लागि काम गर्न आग्रह गरे ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सिहंले सबैको सरसल्लाह र सहकार्यमा निरन्तर संस्थाको उन्नतीका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार