उत्कृष्ट लोगो बनाउनेलाई सम्मान गरिने



धनगढी । सात नम्बर प्रदेश सभा (संसद) ले उत्कृष्ट लोगो बनाउने व्यक्ति वा संस्थालाई सम्मान गर्ने जनाएको छ ।
संसदको लोगो निर्धारण समितिले नमूना लोगो बनाउनका लागि खुला आव्हान गर्दै सार्वजनिक सूचना समेत जारी गरेको छ ।
समितिले नमूना लोगो बनाउनका लागि कलाकार, सर्वसाधारण तथा संस्थालाई आव्हान गरेको छ ।
लोगो निर्धारण समितिका सदस्य सांसद लीलाधर भट्टका अनुसार सात नम्वर प्रदेशको पहिचान झल्किले गरेर लोगो बनाउन सार्वजनिक रुपमा आव्हान गरिएको छ ।
लोगोको ब्याख्या सहितको उत्कृष्ट लोगो बनाउनेलाई सम्मानित गर्ने ब्यवस्था समेत गरिएको संसद सचिवालयका सचिव बालाराम शर्माले बताए ।
शुक्रबार बसेको समितिको बैठकले चैत १४ गतेसम्म नमूना लोगोको सफ्ट र हार्डकपी पेश गर्न इच्छुक व्यक्ती र संस्थालाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्