३ आश्विन २०८१, बिहीबार

रुस्लान डिपिएल–२ः काठमाडौं गोल्डेन्समा दुई भारतीय खेलाडी



धनगढी । आगामी १७ गतेदेखि धनगढीमा सञ्चालन हुने रुस्लान डीपीएल–२ मा सहभागी हुने काठमाडौं गोल्डेन्सले दुई जना भारतीय क्रिकेट खेलाडी अनुबन्ध गरेको छ ।
डिपिएलमा खेल्ने टोलीले दुई जना विदेशी खेलाडी राख्नपर्ने अभ्यास शुरु भए अनुसार काठमाडैं गोल्डेन्सले जयकिसन कोल्सावाला र सन्नी पटेललाई अनुबन्ध गरेको जनाइएको छ ।
डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमीका अनुसार गुजरातका कोल्सावाला विकेटकिपर ब्याट्सम्यान हुन् ।
उनले भारतको रणजी ट्रफी खेलिसकेका छन् भने फस्ट क्लासका नौ खेल खेलिसकेका छन् । त्यस्तै अर्का रणजी प्लेयर सन्नी पटेल दायाँहाते ब्याट्सम्यान हुन् । उनले फस्ट क्लासका १३ तथा लिस्ट ए का १७ खेल खेलिसकेका छन् ।
यसैबीच गायक प्रमोद खरेल डिपिएल–२ का गुडविल एम्बेस्डर रुपमा जोडिएका छन् । धनगढी क्रिकेट एकेडेमीले शनिबार प्रेषित जानकारीपत्रमा गायक प्रमोदले प्रतियोगिता उद्घाटन समारोहमा विशेष प्रस्तुती गर्नेछन् ।
चैत्र १७ गतेबाट धनगढीमा सुरु हुने प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले सहभागिता जनाउँदैछन् ।
प्रतियोगिताको अक्सन गत फागुन ९ गते काठमाडौंमा सम्पन्न भइसकेको छ । प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैया पुरस्कार प्राप्त गर्ने यसअघि नै घोषणा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार