२८ भाद्र २०८१, शुक्रबार

पाटेबाघको आतंक



कैलारी । कैलालीको दक्षिणी सीमावर्ती क्षेत्रमा एक सातादेखि पाटे बाघको आतंक मच्चिएको छ ।
दिउँसोको समयमा कैलारी गाउँपालिकास्थित विभिन्न सामुदायिक वनमा बस्दै आएको पाटे बाघ रातिको समयमा मानव बस्तीमा पसेर बंगुर, गाईलगायत वस्तुभाउलाई आक्रमण गर्दै आएको छ । कैलारी गाउँपालिका वडा नम्बर ५ का स्थानीय संरक्षणकर्मी रामुराम चौधरीले बाघको आक्रमणमा मानवीय क्षती भने नभएको बताए ।
भारतको दुधुवा नेशनल पार्कबाट आएको सो पाटे बाघको घाँटीमा नेशनल पार्कले जिपिएस (रेडियो कलर) जडान गरेको छ ।
बसन्ता वन सामुदायिक वन समन्वय समितिका पूर्वसचिव समेत रहेका चौधरीले सो बाघ चैत ३ गते दुधवा नेशनल पार्कमा रहेको बताए । उनका अनुसार चैत्र ४ गते राति कैलारी गाउपालिका वडा नम्बर ३ मोहनपुरका स्थानीय मगरु चौधरीको ५० केजीको बंगुरलाई आक्रमण गरी मारेको थियो ।
त्यस्तै, पाटेबाघले ५ गते कैलारी गाउँपालिका वडा नम्बर ३ शिवरत्नपुरका रामचरण चौधरीको गाईको बाच्छोमाथि आक्रमण गरेको थियो भने भने ६ गते वडा नम्बर ३ उत्तर भर्रीटिसिएन टोलमा एउटा गाईं मारेको बताइएको छ ।
सामुदायिक वन समन्वय समिति भजनीका अध्यक्ष विजयराज श्रेष्ठले सामुदायिक वनहरूमा पाटेबाघ फेला पर्नु खुशीको कुरा भए पनि यो अवसर र चुनौती दुवै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार