१० श्रावण २०८१, बिहीबार

गाउँपालिकाको जम्बो टोली भ्रमणमा



डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, सदस्यसहितको जम्बोटोली तीन साताका लागि भ्रमण निस्केको छ ।
गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ र उपाध्यक्ष जला बोगटी, वडाध्यक्षहरू, गैरसरकारी संस्थाका प्रतिनिधि र शिक्षक सहित ३५ जनाको टोली गाउँपालिकाको १० लाख रुपैयाँ लिएर तीन हप्ताका लागि पोखरा तथा भारतको दार्जलिङको भ्रमणमा गएको बताइएको छ ।
भ्रमण टोलीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, आठ वटै वडाका अध्यक्ष, ६ जना गाउँ कार्यपालिका सदस्य, गैरसरकारी संस्था आरभिडब्लुआरएमपीका प्रतिनिधि, गाउँपालिकाका दुई जना कर्मचारी र एक जना शिक्षक यादव बोगटी सहित ३५ जना रहेका छन् ।
अध्यक्ष गुरुङले सो भ्रमणलाई अवलोकन र अध्ययन भ्रमण रहेको दाबी गरेका छन् । अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष सबै भ्रमण गएपछि गाउँपालिकाका कसैलाई पनि कार्यबाहक दिइएको छैन ।
यता, भ्रमण टोलीमा वडा नम्वर ३ स्थित आलिताल आधारभुत विद्यालयका शिक्षक यादव बोगटी पनि रहेकाले यता परिक्षा समेत प्रभावित भएको छ ।
कक्षा १ देखि तीनसम्म पढाई हुने सो विद्यालयमा वार्षिक परिक्षाको समयमा स्कुल बन्द भएको छ ।
उनी गाउँपालिका उपाध्यक्षका श्रीमान हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार