१० श्रावण २०८१, बिहीबार

अज्ञात समूहद्धारा द्धारीका प्रावि तोडफोड



बाजुरा । बडिमालिका नगरपालिका वडा नं. ८ बाउलीमा रहेको द्धारीका प्राविमा शुक्रबार विहान राति अज्ञात समूहले तोडफोड गरेको छ ।

समूहले विद्यालय भित्र रहेका विद्यार्थीका पाठ्यपुस्तकच्यात्नुका साथै , कुर्ची, टेवल, दराज लगायतका भौतिक सामाग्रीहरु तोडफोड गरेको विद्यालयका प्रध्यानाध्यापक अम्मर विश्वकर्माले बताएका छन् ।

विद्यालयमा तोडफोड गर्ने गरेकाे अाशंकामा केही ब्यक्तिहरूलाई नियन्त्रणमा लगेर अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक हरीबहादुर ओलीले बताए ।

द्वारीका प्रावि कक्षा दुई सम्म संचालनमा छ । पुरै ताेडफाेड गरिदिए पछि अब विद्यार्थिहरू लाई बस्न समस्या भएकाे प्राध्यापक विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार