२ जेष्ठ २०८१, बुधबार

कृषि तथा पशुपालनका लागि विशेष योजना बनाइने



धनगढी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले कृषिमा आधुनिकिकरण तथा कृषि र पशुपालन क्षेत्रका लागि विशेष योजना बनाउने बताएका छन् ।
पाराभेटेनरी एण्ड लाइभष्टक एसोसिएसनको प्रदेश नम्बर ७ को प्रथम भेलाको शुक्रबार धनगढीमा उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले कृषि तथा पशुपालनका लागि पर्याप्त श्रोत भएकाले किसानलाई पशुपालन र कृषिमा आत्मनिर्भर बनाउन सरकारले विशेष योजना लागू गर्ने बताए ।
उनले कृषि पेसामा संसल्गन व्यक्तिप्रति समाजमा छुट्टै दृष्टीकोण परिवर्तन आवश्यक रहेको बताए ।
कृषीबाटै संसार चलेको कुरालाई बिर्सदै माटो तथा गोवरबाट टाढा बस्ने र अन्य व्यवसायमा मात्रै धेरै व्याक्तीहरु लागिरहेकाले यस्तै अवस्था रहेमा आउने समयमा खाद्यान्नको संकट आउन सक्ने उनले बताए ।
उनले प्रदेश सरकारले कृषि र पशुपालनलाई प्रमुख योजना बनाएर कानुन निर्माण गरिने बताए ।
सो अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले प्रदेश नम्बर ७ लाई कृषि र पशुपालनबाटै समृद्ध बनाउन सकिने बताइन् ।
उनले आफ्नो पहिलो प्राथमिकता कृषिमा आत्मनिर्भता र पशुपालनका लागि सुलभ व्याजदरमा ऋण उपलब्ध गराएर स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार