२ जेष्ठ २०८१, बुधबार

निःशुल्क आँखा परीक्षण



धनगढी । रिनाउन ईंग्लिस स्कुल धनगढीले शुक्रबार विद्यालयमा निःशुल्क आँखा परिक्षण शिविर सञ्चालन गरेको छ ।
आँखा उपचार केन्द्र धनगढीको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा विद्यालयमा अध्ययनरत एक सय ६३ जना विद्यार्थीहरुले निःशुल्क रुपमा आँखा जाँच गराएको जनाइएको छ ।
शिविरमा आँखा उपचार केन्द्र धनगढीका नेत्र सहायक धनसिंह एैरीले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई नियमित रुपमा आँखा जाँच गराउँदा आँखा सम्बन्धी देखा परेका समस्याको पहिचान हुनुका साथै बिद्यार्थीहरुलाई आँखा सुरक्षाको बारेमा समयमै सजग गराउन मद्दत पुग्ने बताए । शिबिरमा उपचार केन्द्रका सहायक हेमन्ती जोशीको पनि सहभागीता रहेको थियो ।
शिबिर संचालनका क्रममा बिद्यार्थीहरुको आँखा जाँच गरिनुका साथै आँखाको सुरक्षा सम्बन्धी जनचेतना मुलक सामाग्रीको प्रदर्शन समेत गरिएको थियो ।
बिद्यालयमा नियमित पठन पाठनका अतिरिक्त आफ्ना बिद्यार्थीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यलाई मध्येनजर गर्दै आगामी दिनमा समेत यस्ता खालका कार्यक्रममा निरन्तरता दिईने बिद्यालयका संस्थापक प्रिन्सिपल सुरेश कुमार कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार