३ जेष्ठ २०८१, बिहीबार

शाखा रहित बैंकिङ सेवा शुरु



धनगढी । जनता बैंक नेपाल लिमिटेडले कैलाली जिल्लामा थप तीन वटा शाखा रहित बैकिङ सेवा विस्तार गरेको छ ।
जनता बैंकका प्रवन्धक मुकुन्द भट्टका अनुसार कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६, बनवेहडा, जानकी गाउँपालिका वडा नम्बर १, दुर्गौली र चुरे गाउँपालिका वडा नम्बर ५, खानिडाँडामा शाखा रहित बैंकिङ सेवा शुरु गरेको छ ।
बैंकले सेवा बजारमा उपलब्ध विभिन्न प्रकारका सुविधालाई दृष्टिगत गरी निक्षेप ग्राहकहरुलाई अधिक लाभ पु¥याउने उद्देश्यले बिमा सुविधा सहितको बचत योजना जनता सुरक्षा बचत खाता संचालनमा ल्याएको प्रबन्धक भट्टले बताए ।
उनले न्यूनतम निक्षेप १० हजार रुपैयामा खाता खोल्न सकिने, वार्षिक सात प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध गराइने, बचतकर्ताको १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा गरिने, बचतकर्ता बिरामी भई अस्पताल भर्ना हुँदा एक लाख रुपैयाँ सम्मको उपचार खर्च र भर्ना नभई उपचार गर्दा पाँच हजार रुपैया सम्मको बीमा गरिएको बताए ।
त्यसैगरी बचतकर्तालाई लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट दिइएको र अन्यखाताहरुमा जस्तै एटिएम, एबिबिएस, इन्टरनेट बैंकिङ, मोवाईल बैकिङ र सिएएसबिए सुविधा समेत रहेको प्रवन्धक भट्टले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार