२ जेष्ठ २०८१, बुधबार

अवैध काठ सहित सःमिल सञ्चालक पक्राउ



बेलौरी । प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिकाका दुई वटा सःमीलका सञ्चालकलाई प्रहरीले अवैध काठ सहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेल्डाडीका अनुसारका बेलौरी नगरपालिका वडा नम्बर १० भुडास्थित भुपेन्द्रराज पन्तको सःमीलबाट २५ थान र देवदत्त पन्तको मनिषा सःमीलबाट ३६ गोलिया सिसमको काठ बरामद गरिएको छ ।
बिहान साढे सात बजे सःमीलबाटै पक्राउ परेको सःमील सञ्चालक भुपेन्द्रराज पन्त र देवदत्त पन्तलाई काठ सहित ईलाका बन कार्यालय सिंहपुर बेलौरीमा बुझाईएको ईलाका प्रहरी कार्यालय बेल्डाडीले जनाएको छ । सुराकीका आधारमा आरआईटी र ईलाका प्रहरी कार्यालय बेल्डाडीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार