४ जेष्ठ २०८१, शुक्रबार

सांसद रेशमको मुद्दाको पेसी सर्यो



धनगढी । जिल्ला अदालत कैलालीको आदेशप्रति असहमति जनाउँदै सांसद रेशमलाल चौधरीले उच्च अदालत दीपायलमा गरेको पुनरावेदनको मुद्दाको पेसी सरेको छ ।
फागुन १४ गते जिल्ला अदालतमा उपस्थित भएका चौधरीको मुद्दाको सुनुवाई गर्दै न्यायधीश परशुराम भट्टराईको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सो आदेशविरुद्धमा चौधरीले उच्च अदालतमा रिट दायर गरेका थिए ।
उच्च अदालतले जिल्ला अदालतबाट उनको कैफियत प्रतिवेदन झिकाएपछि पहिलो पेसी चैत १ गते तोकिएको थियो । तर १ गतेको पेसी सरेपछि अर्को पेसी बिहीबारको दिन तोकिए पनि फेरि सरेको उनका वकिल अधिवक्ता गजेन्द्र केसीले बताए ।
सरकारी वकिलहरू नहुँदा दुईपटक मुद्दाको पेसी सरेको छ अधिवक्ता केसीले भने– केही सातायता जारी फौज्दारी संहिता सम्बन्धी तालिमका क्रममा यहाँका सरकारी वकिलहरू नेपालगञ्ज जानु भएकाले पेसी सरेको छ ।
वादी तर्फबाट सरकारी वकिलहरूले बहस गर्ने हुँदा उनीहरूको अनुपस्थितिमा उच्च अदालतले अर्को पेशी चैत १५ गते तोकेको अधिवक्ता केशीले जानकारी दिए ।
सांसद रेशमलालले अदालती बन्दोबस्तको १७ नम्बरको प्रयोग गरेर जिल्ला अदालतको आदेशको बदर गरी तारेखमा राखी पाउँ भन्दै उच्च अदालतमा मुद्दाको दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार