२ जेष्ठ २०८१, बुधबार

अन्तरधार्मिक राष्ट्रिय सञ्जाल विस्तार



धनगढी । महिला हिंसा विरुद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्जाल (निरन) नेपालले कैलालीमा कार्यक्षेत्र विस्तार गरेको छ ।
बिहीबार धनगढीमा ओरेक नेपालको आयोजनामा भएको परम्परागत हानिकारक अभ्यासका विरुद्ध जिल्ला स्तरिय धार्मिक अगुवाहरुसंग एक दिवसीय कार्यशाला गोष्ठीमा सञ्जालले कार्य समिति गठन गरि कार्यक्षेत्र विस्तार गरेको जनाएको छ ।
कार्यक्रमा लालबहादुर विष्टको अध्यक्षतामा नौ सदस्य कार्यसमिति तथा तीन जना सल्लाहकार समिति गठन गरिएको छ ।
सञ्जालले समाजमा रहेका विकृति, विसंगति, कुरितीका विरुद्ध काम गर्ने सञ्जालका संयोजक नाहिदा बुनुले जानकारी दिईन् ।
उनका अनुसार सञ्जालले हाल देशभरीका १९ जिल्लामा काम गर्दै आएको यस आर्थिक वर्षमा २५ जिल्लामा विस्तार गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार