५ जेष्ठ २०८१, शनिबार

रुस्लान डिपिएल–२ः रुपन्देही च्यालेन्जर्समा दुई विदेशी खेलाडी अनुबन्ध



धनगढी । आगामी चैत्र १७ गतेदेखि शुरु हुने धनगढीमा रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल–२) मा प्रतिस्पर्धा गर्ने टिममध्ये रुपन्देही च्यालेन्जर्सले दुई जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।
रुस्लान डिपिएल–२ मा सहभागी हुने टिमले दुई जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियम रहेको छ । लिगको आयोजक धनगढी क्रिकेट एकेडेमीद्वारा बिहीबार प्रेषित जानकारीपत्रमा रुपन्देही च्यालेन्जर्सले दुई जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको जनाइएको छ ।
रुपन्देही च्यालेन्जर्सले एसोसियट राष्ट्र ओमानका सुफायन मोहम्मद तथा क्रिकेट एसोसिएसन अफ बंगाल, कोलकाताका दीपक प्रसादसंग अनुबन्ध गरेको जनाइएको छ । रुपन्देही चयालेन्जर्सको रणनीतिक खेलाडी शक्ति गौचन रहेका छन् ।
ओमानका राष्ट्रिय टोलीका सदस्य समेत रहेका सुफायन बायाँहाते ब्याट्सम्यान हुन् । २६ वर्षीय सुफायन पार्ट टाइम बलर समेत रहेको जानकारीपत्रमा उल्लेख छ ।
त्यस्तै, दीपक प्रसादले बीसीसीआईको प्रतियोगितामा बंगाल–११ तथा बंगाल यु–२३ टोलीबाट खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार