२ जेष्ठ २०८१, बुधबार

भारतीय सुरक्षाकर्मीद्वारा कुटपिट



कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका वडा ३, को सीमावर्ती क्षेत्रमा सोमबार भारतीय सुरक्षाकर्मीद्वारा गर्भवती महिलासहित दुई जनामाथि कुटपिट भएको छ ।
महाकाली नगरपालिका वडा नम्बर ३, पूर्णागिरी टोल नजिक नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी एसएसबीले ३१ वर्षीय दिनेश जोशी र उनकी ३० वर्षीया पत्नी सपनालाई कुटपिट गरेको पीडितले बताए ।
उनीहरू खेतमा भैंसी चराइरहेका बेला भारतीय एसएसबीबाट कुटपिट भएको थियो । कुटपिटबाट दिनेशको दाँया हात र टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार