२ जेष्ठ २०८१, बुधबार

हिंसा न्यूनीकरणका लागि सामाजिक जागरण : मुख्यमन्त्री भट्ट



बैतडी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने हिंसात्मक घटना न्यूनीकरणका लागि सामाजिक जागरण बृद्धि आवश्यक रहेको बताएका छन् ।
बैतडीको पाटनमा आयोजित ‘महिला हिंसा न्यूनीकरणमा प्रदेश सरकारको भूूमिका’ विषयक एक कार्यक्रममा मुख्यमन्त्री भट्ट प्रदेश सरकार हिंसात्मक घटना न्यूनीकरण गर्न प्रतिवद्ध रहेको बताए । उनले भने– ‘सरकारले हिंसा न्यूनीकरणका लागि कडाइका साथ कानुनी व्यवस्थाको पालना गर्ने गराउने छ ।’
यसैबीच जिल्लाका निजामति कर्मचारीहरूले मुख्यमन्त्री भट्टको स्वागतका कार्यक्रम आयोजना गरेका छन् ।
सो अवसरमा मुख्यमन्त्री भट्टले संघीयताको जग बलियो बनाउने दायित्व कर्मचारीको पनि भएको बताए । उनले निजामति कर्मचारीहरूले आफ्नो दायित्व इमान्दारिपूर्वक निर्वाह गर्न प्रतिवद्ध हुन आग्रह गरे ।
उनले प्रदेश सरकारले दण्ड र पुरस्कारको नीति प्रभावकारी रूपमा लागू गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार