४ जेष्ठ २०८१, शुक्रबार

तिम्ल्याह छोरी जन्माइन्



बझाङ । बझाङको विकट गाउँ दुर्गाथली गाउँपालिका–५, भलानेकी सदिक्षा जप्रेलले शैनपसेला स्वास्थ्य चौकीमा तीन वटा छोरी जन्माएकी छन ।
१५ वर्षको उमेरमा विवाह गरेकी जप्रेलले २२ वर्षको उमेरमा पहिलो पटक छोरी जन्माएको सदिक्षा जप्रेलकी सासु अञ्जना जप्रेलले जानकारी दिइन् । उनले सोमबार सामान्य तरिकाले तीनवटा छोरी जन्माएकी हुन् । अहिले जप्रेल र उनका तीन वटै छोरी स्वस्थ रहेका छन ।
जप्रेलले तीनवटा छोरी जन्माए पछि छिमेकी गाउँ दौला, सैनपसेला, दुर्गाथली, भलानेलगायतका ठाउँबाट छोरी हेर्न जानेको भिड लागेको छ । तीन वटै छोरीको नाम पनि राखिसकेको अञ्जना जप्रेलले बताईन् । उनका अनुसार जेठी छोरीको नाम आकृति, माइली छोरीको नाम प्रकृति र कान्छी छोरीको नाम संस्कृति राखिएको छ ।
घरमा सासु र आफू मात्रै भएकाले सुत्केरी हुँदा पनि घरको सबै काम गर्न परेको उनले गुनासो गरिन् । घरमा सासु र बुहारी मात्रै घरमा छौं, जप्रेलले भनिन् ‘श्रीमान भीम जप्रेल रोजगारीको लागि भारत जानुभएको छ ।’
भारतमा गएका श्रीमानको राम्रो कमाई नभएको र घरमा पनि अन्नबाली प्रशस्त नरहेको भन्दै जप्रेलले भनिन्– ‘जन्म त दिइयो अब यिनीहरूलाई कसरी पाल्ने हो ।’
स्वास्थ्य चौकीले बच्चालाई लगाउने न्यानो कपडा नदिएको भए उनीहरूलाई लगाइदिने कपडा किन्ने पैसा समेत आफूसँग नभएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार