बृद्धा र किशोरी बलात्कारको आरोपी दुई जना सार्वजनिक



डडेल्धुरा । डडेल्धुराको छुट्टाछुट्टै स्थानमा एक बृद्धा र एक किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
आज जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी ६२ वर्षीय (एकल वृद्धा) र १८ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई युवालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
फागुन २६ गते ३२ वर्षीय केशव लुहारलाई बृद्धा महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
यस्तै, २५ वर्षीय नरेन्द्रबहादुर कुँवरलाई पनि बलत्कारको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्