१८ आश्विन २०८१, शुक्रबार

ढिस्कोमा पुरिएर स्काभेटर सहचालकको मृत्यु



धनगढी । बैतडीको दशरथ चन्द नगपालिका, हल्लेक कुणिभिटामा माटोको ढिस्कोले पुरिएर स्काभेटर सहचालकको मृत्यु भएको छ ।
दशरथचन्द नगरपालिका वडा नम्बर २, हल्लेक कुणिभिटामा स्काभेटर चलाइरहेको अवस्थामा सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राति नौ बजेतिर स्काभेटर चलाइरहेको अवस्थामा माथिबाट खसेको ढिस्कोमा पुरिएर बाँकेको कोहलपुर, रैनाखोला घर भएका १९ वर्षीय सहचालक भानुभक्त श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार