३० भाद्र २०८१, आईतवार

समृद्धिको प्रदेश बनाउँछौं : मन्त्री सोडारी



अछाम । सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेश नम्बर ७ लाई समृद्धिको प्रदेश बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रेस चौतारी अछामले शनिबार साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री सोडारीले अव सुदूरको प्रदेश नभई समृद्धिको प्रदेश बन्ने बताए ।
मन्त्री सोडारीले तीनै तहको निर्वाचनपछि अब विकास निर्माणका कार्यले प्राथमिकता पाउने बताए ।
उनले प्रदेश सरकारले नीतिनियम बनाउँदा ग्रामीण भेगदेखि शहर तथा हिमालदेखि तराई सबै क्षेत्रको समस्या सम्बोधन गरिने बताए ।
कार्यक्रम प्रेस चौतारी अछामका उपाध्यक्ष कालु बोहराको अध्यक्षतामा भएको थियो ।
यसैबीच, सामाजिक विकास मन्त्री सोडारीले प्रदेश नम्बर ७ का २२ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक बनाइने बताए । उनले सुदूरपश्चिम विश्वविद्यालयको भौतिक पूर्वाधारको निर्माणसँगै डिन कार्यालयको विभाजनको लागि तयारी भइरहेको बताए ।
उनले कैलालीमा निर्माणाधीन दशरथ चन्द मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा विकास गर्दै चाडै पठनपाठन शुरु गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार