२ जेष्ठ २०८१, बुधबार

खप्तड निकुन्जमा न्यून पर्यटक



डोटी । खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष न्यून संख्यामा पर्यटक आएको पाइएको छ ।
चालू आर्थिक वर्षको फागुनको पहिलो सातासम्म जम्मा २९ जना विदेशी पर्यटक आएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए । निकुञ्जमा बाह्य पर्यटक भन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् ।
खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकन तथा भ्रमणमा आउने गरेका निकुञ्जले जनाएको छ । निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालू आर्थिक वर्षको सात महिनामा दुई लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ ।
आन्तरिक पर्यटकलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । बाह्य पर्यटकबाट प्रतिव्यक्ति तीन हजार तीन सय ९० रुपैयाँका दरले भ्रमण शुल्क लिने गरिएको छ । खप्तड निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जनावर समेत हेर्न सकिन्छ ।
यहाँ त्रिवेणी धाम, नागढुंगा, खप्तड स्वामीको आश्रम, २२ पाटन लगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ । निकुञ्जको संरक्षणका लागि चारवटा ठाउामा इलाका कार्यालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार