५ जेष्ठ २०८१, शनिबार

१० लाख बढी गरिबीको रेखामुनि



बैतडी । प्रदेश नम्वर ७ (साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र) मा १० लाख बढि जनता गरिबीको रेखामुनि रहेका छन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तक, २०१८ का उल्लेख भए अनुसार २०६८ सालको जनगणना अनुसार प्रदेश नम्बर ७ मा २५ लाख ५२ हजार पाँच सय १७ जनसंख्या रहेको छ ।
कैलालीमा सबैभन्दा बढी दुई लाख ५६ हजार आठ सय ३१ जना गरिबीको रेखामुनि रहेका छन् ।
त्यस्तै, डडेल्धुरामा सबैभन्दा कम अर्थात् ६० हजार नौ सय जना गरिबीको रेखामुनि रहेको वर्ष पुस्तक, २०१८ मा उल्लेख छ ।
सन् २०१७ मा बाजुरामा ८५ हजार आठ सय ६७, बझाङमा एक लाख १० हजार चार सय ६५, दार्चुलामा ७० हजार तीन, बैतडीमा एक लाख १४ हजार तीन सय ५५, डोटीमा एक लाख एक हजार, अछाममा एक लाख २० हजार नौ सय ३१ तथा कञ्चनपुरमा एक लाख ४० हजार तीनसय ८१ व्यक्ति गरिबीको रेखामुनि रहेको उल्लेख छ ।
यस प्रदेशबाट भारतका विभिन्न शहरमा कामको खोजीमा जानेहरूको संख्या निकै बढि रहेको छ ।
सन् २०१७ मा बाजुराबाट रोजगारीको खोजीमा बाहिरिनेको संख्या आठ हजार ५४, बझाङबाट २२ हजार आठ सय ४५, दार्चुलाबाट छ हजार ८ सय ६४, वैतडीबाट २१ हजार ३९, डडेल्धुराबाट ११ हजार ६ सय ७०, डोटीबाट ३ हजार ५ सय ४४, अछामबाट ३१ हजार १५, कैलालीबाट ६२ हजार ६ सय ४४ तथा कञ्चनपुरबाट ३८ हजार ३ सय ९८ जना समेत दुई लाख १८ हजार १९ जना बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार