५ जेष्ठ २०८१, शनिबार

भालुको आक्रमणबाट महिला घाइते



बैतडी । बैतडीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ र ९ को सीमानामा पर्ने कोटकला जंगलमा भालुले आक्रमण बाख्रा चराउनका लागि जंगल गएकी दशरथचन्द नगरपालिका वडा नम्बर ४ की ४५ वर्षीया झुपा पाण्डेय घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते पाण्डेयलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार