२ जेष्ठ २०८१, बुधबार

संसदीय समितिमा पठाइने नाम छान्ने जिम्मा शाहलाई



धनगढी । सात नम्बर प्रदेश नेकपा (एमाले) को संसदीय दलको बैठक शनिबार भएको छ ।
बैठकले एमालेबाट प्रदेश सभामा पठाउनु पर्ने संसदीय समितिका सभापति र सदस्य छान्ने अधिकार दलका नेता प्रकाशबहादुर शाहलाई दिएको छ ।
केही दिनमै एमालेबाट विभिन्न समितिमा पठाउनु पर्ने सांसदको नाम दिने दलका नेता शाहले बताए । प्रदेश सभामा सार्वजनिक लेखा समिति, विद्यायन समिति,प्रदेश मामिला समिति र अर्थ तथा विकास समिति गठन हुने बताइएको छ ।
नियमावली मस्यौदा र कार्यव्यवस्था समितिका सदस्यको नाम पनि दलका नेता शाहले नै पठाउने भएका छन । सोे वैठकले नेता शाहलाई नै प्रमुख सचेतक र सचेतक छान्ने अधिकार पनि दिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका शाहले केही दिनमै प्रमुख सचेतक र सचेतक छान्ने बताए । प्रमुख सचेतकमा एमाले कञ्चनपुरका अध्यक्ष तथा प्रदेशसभा सदस्य तारा लामा तामाङ, वैतडीका सांसद लिलाधर भट्ट, डोटीका सांसद पूर्णा जोशीमध्येबाट हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार