२ माघ २०८१, बुधबार

रेशमलालले गरे आत्मसमर्पण



धनगढी । प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् ।
२०७२ भदौ ७ गते टीकापुरमा ९ जनाको ज्यान जाने गरी भएको घटनापछि फरार चौधरी २०७४ मंसिर २१ मा भएको निर्वाचनमा राष्ट्रिय जनता पार्टीको तर्फबाट उम्मेदवार बनी विजयी भएका थिए ।
वारेसमार्फत उम्मेदवारी दिएका चौधरी विजयीपछि पनि वारेसमार्फत विजयीको प्रमाणपत्र लिन खोज्दा निर्वाचन आयोगले केन्द्रीय कार्यालयमा पठाएको थियो । वारेसमार्फत नै प्रमाणपत्र पाउनुपर्ने भन्दै चौधरीका पक्षबाट २०७४ मंसिर २९ गते सर्वोच्च अदालतमा दायर रिट सर्वोच्चले दरपिट गरिदिएको थियो । न्यायधिश टंकबहादुर मोक्तानको पुस ७ गतेको एकल इजलासले दरपिटको आदेश कानुनसम्मत भएको भन्दै फैसलामा अभियोग लागेका व्यक्तिले कानून बमोजिम सफाइ लिनुपर्ने तर अदालतको म्याद अवज्ञा गरेकाले पक्राउ गरी अदालतमा हाजिर गराउने पर्ने आदेश दिएको थियो ।
टीकापुर घटनापछि फरार चौधरीलाई प्रहरी मुख्य योजनाकार भन्दैका मुख्य योजनाकार भन्दै मोष्ट वान्टेडको सूचीमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार