२२ बैशाख २०८१, शनिबार

अछाममा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते



अछाम । अछामकोे रामारोशन गाउँपालिकाको कार्यालय अगाडि ट्याक्टर दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको छ भने ट्याक्टर चालक सहित २ जना घाइते भएका छन् ।
गाउँपालिकाको मुजाबगर भन्ने बजारमा विहान करिब १०ः ४५ बजे से १ त ३१४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रामारोशन गाउँपालिका ७ का ३४ वर्षीय नरु भण्डारी र रामारोशन गाउँपालिका ६ का ३३ वर्षीया कलसी साउँदको घटना स्थलमै मृत्यु भएको थियो ।
घाइते हुनेमा ट्याक्टर चालक ४० वर्षीया कालिचरण चौधरी र रामारोशन गाउँपालिका ५ का डम्बर बटाला रहेको अछाम प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।
घाईते दुबै जनाको सामान्य उपचार पछि थप उपचारका लागि अछामको बयलगडा अस्पतालमा रिफर गरिएको प्रहरी प्रमुख न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार