२ माघ २०८१, बुधबार

मन्त्री सोडारीद्वारा महाकाली अञ्चल अस्पतालको निरिक्षण



कञ्चनपुर । सात नम्बर प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले महाकाली अञ्चल अस्पतालको सेवा, सुविधा प्रभावकारी बनाउनका लागि प्रयास गर्ने बताएका छन् ।
महाकाली अञ्चल अस्पतालको शनिबार निरिक्षण गर्दै स्वास्थ्य मन्त्रलायको समेत जिम्मेवारी लिएका मन्त्री सोडारीले अस्पतालको सेवा, सुविधा किन प्रभावकारी भएन भन्ने अध्ययन पनि गरिने बताए ।
सम्भव त सात नम्बर प्रदेशकै भव्य संरचनामा बनेको महाकाली अञ्चल अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीयहरूले पनि चाँसो राख्नुपर्नेमा उनको जोड थियो ।

स्थानीय सुरेन्द्र कार्कीलाई हात्तीपाइले कार्यक्रमको औषधि खुवाउँदै मन्त्री सोडारी ।

मन्त्री सोडारीले अस्पतालका विमारीलाई फलफूल समेत वितरण गरेका थिए ।
मन्त्री सोडारीले शनिबार नै स्थानीय सुरेन्द्र केसीलाई हात्तीपाइलेको औषधि खुवाएर औषधि खुवाइने कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा उनले हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्न स्वास्थ्यकर्मी र स्वयसेवकलाई आग्रह गरे ।
नेपाल सरकारले कैलाली, कञ्चनपुर सहितका तराईका जिल्लामा तीनदिने हात्तीपाइले विरुद्धको औषधि खुवाइने कार्यक्रम शनिबारदेखि शुरु गरेको छ । सो कार्यक्रम अन्तर्गत शनिबार विभिन्न केन्द्रमा औषधि खुवाइएको छ । भने आइतबार र सोमबार घरदैलो अभियान चलाएर औषधि खुवाइने जनाइएको छ ।

हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रमको शुभारम्भ कार्यक्रममा मन्त्री सोडारी ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार