२२ बैशाख २०८१, शनिबार

विद्यालयको विकासका लागि छलफल



कञ्चनपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कञ्चनपुरको आयोजनामा शुक्रबार कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ मा रहेको जनता माध्यमिक विद्यालयको विकासका लागि सरोकारवालाबीच छलफल भएको छ ।
कार्यक्रममा विद्यालयका विविध समस्याका बारेमा छलफल भएको थियो । विद्यालयमा रहेका समस्या समाधान र विद्यालयको विकासका लागि सरोकारवालाहरूसँग सहकार्य गरेर अगाडि बढ्ने विद्यालयका प्रधानाध्यापक भानी चन्दले बताए ।
विद्यालयका अभिभावकहरूले आफ्ना नानीहरूले के गरिरहेको छन् भन्ने कुरामा समेत ध्यान नदिने गरेका कारण विद्यालयको शैक्षिक तथा विकासको गुणस्तर वृद्धि गर्नमा कठनाई भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज भट्टले बताए ।
अभिभावकहरूलाई छात्रछात्राहरूको पठनपाठनको अवस्था बुझ्न र उनीहरूको अन्य व्यवहारमा समेत ध्यान दिने बानीको विकास गर्नका लागि सचेतना बढाउन अभिभावकको घरदैलौमा होली खेल्न जाने निर्णय गरिएको अध्यक्ष भट्टले बताए ।
विद्यालयको समग्र विकासका लागि इन्सेकले सहजीकरण गर्ने इन्सेक जिल्ला संयोजक कोमल निरञ्जन भाटले बताए ।
यसैगरी शुक्रबार विद्यालयमा बालअधिकार सवैको सरोकार विषयक वक्तृत्वकला प्रतियोगिता भएको छ ।
वक्तृत्वकलामा प्रतियोगीहरू रविराम दमाई प्रथम, आशिष भट्ट द्वितीय, वसन्ती भट्ट तृतीय र नारायणी जैशी सान्त्वना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार