२२ बैशाख २०८१, शनिबार

आगलागीबाट बालिकाको मृत्यु



बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ८ मा आगलागीबाट १० महिने बालिकाको मृत्यु भएको छ ।
शुक्रबार दिउसो आगलागीबाट बडीमालिका नगरपालिका–८ का गंगा भण्डारीकी १० महिने छोरी देवीकाको मृत्यु भएको प्रहरीले जनाएको छ । नाबालिका देविकालाई घरमा सुताइराखेको बेला आगलागी भएको बताइएको छ ।
दिउँसो साढे चार बजेतिर भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार