२२ बैशाख २०८१, शनिबार

बिशाल नेपालको नक्सा शिलान्यास



बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ सुन्दरखालीमा निर्माण हुने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मुलुककै सबैभन्दा अग्लो शालिक र उनले एकिकरण गरेको विशाल नेपाल झल्किने नक्साको शिलान्यास गरिएको छ ।
राष्ट्रियता संरक्षण नेपालले निर्माण गर्न लागेको शालिक र नक्साको प्रजातन्त्र दिवसको अवसरमा सोमबार दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्र थापाले शिलान्यास गरे ।
प्रशिद्ध त्रिपुरासुन्दरी मन्दिर, शहीद दशरथ चन्दको जन्मघर, सुन्दरखाली राष्ट्रिय क्रिकेट मैदानको बीचमा शालिक निर्माण हुने जनाइएको छ ।
बैतडी उद्योग बाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले दान गरेको जग्गामा एक करोड रुपैयाँको लगानीमा निर्माण हुने शालिक २१ फिट अग्लो हुने राष्ट्रियता संरक्षण नेपालका अध्यक्ष हेमबाबु लेखकले बताए । उनले शालिक र नक्साको वरिपरि एकता उद्यान समेत निर्माण गरिने छ । सो नक्सा र शालिक इन्जिनियर प्रमोद लेखकले डिजाइन गरेका हुन् ।
मुर्तिकार कालुराम कोली लगायतको मुर्तिकारहरूको टोलिद्वारा निर्माण गरिने शालिक र नक्सा निर्माणका लागि आर्थिक सहयोग संकलन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार