२२ बैशाख २०८१, शनिबार

प्रदेश मन्त्रीलाई स्वागत र सम्मान



धनगढी ।  नेकपा (एमाले) सात नम्बर प्रदेश कमिटीले प्रदेश सरकारका नबनियुक्त मन्त्रीहरुका लागि बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
प्रदेश कार्यालयमा आयेजना भएको कार्यक्रममा एमालेका वैकल्पीक केन्द्रीय सदस्य विक्रम शाहीले जनताको अपेक्षा र भावना अनुसार काम गर्न एमालेका मन्त्रीहरुलाई आग्रह गरे । उनले काम गर्न नसक्दा खुरुक्क फर्किन तयार हुने तर आफ्नो र पार्टीको बदनाम गर्ने काम नगर्न पनि मन्त्रीहरुलाई सल्लाह दिए ।
सो अवसरमा बोल्दै संसदीय दलका नेता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले दिगो शान्ति स्थापना गर्न र जनअपेक्षा अनुसार काम गर्ने आफूहरु लागि पर्ने बताए ।
उनले आफूहरु सीमित घेरा, नातागोताबाट टाढा रहेर काम गर्ने प्रतिबद्धता पनि जाहेर गरे । घोषित लक्ष्य र असलमतिका साथ आफूहरुले काम गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका मन्त्री दीर्घबहादुर सोडारी, भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री पठानसिंह बोहरा र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयकी मन्त्री माया भट्टको उपस्थिति रहेको थियो ।
प्रदेश कमिटी अध्यक्ष,कञ्चनपुर जिल्ला अध्यक्ष तथा प्रदेश सांसद तारा लामातामाङको अध्यक्षतमा भएको कार्यक्रममा प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदी र प्रदेश कमिटी सदस्य जयराज पाण्डे लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार