सात सदस्यीय मन्त्रीमण्डल विस्तार
धनगढी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार मन्त्रीमण्डल विस्तार गरेका छन् । प्रदेश मन्त्रीमण्डलमा नेकपा एमालेबाट चार जना तथा माओवादी केन्द्रबाट दुई जना मन्त्री रहने छन् ।
शनिबार प्रदेश प्रमुख मोहनराज मल्लबाट पद तथा गोपनियताको सपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री भट्टले मन्त्रीमण्डल विस्तार गरेका थिए ।
एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, कैलालीका अध्यक्ष दीर्घबहादुर सोडारीलाई सामाजिक विकास, तथा डडेल्धुराका सांसद पठानसिंह बोहरालाई भौतिक पूर्वाधार विकास मन्त्रालय र बैतडीबाट समानुपातिक सदस्य माया भट्टलाई उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
त्यस्तै, माओवादी केन्द्रबाट अछामका सांसद झपटबहादुर बोहरालाई आर्थिक मामिला तथा योजना मन्त्रालय तथा कैलालीका सांसद विनिता चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शनिबार दुवै पार्टीले मन्त्रीमण्डलमा सामेल हुने मन्त्रीहरूको टुंगो लगाएको थियो ।
नवनियुक्त मन्त्रीहरूलाई शनिबार साझ प्रदेश प्रमुख मल्लले मुख्यमन्त्री भट्टको उपस्थितीमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।