उपसभामुखमा जोशीको नाम सिफारिस



धनगढी । ७ नम्बर प्रदेशको उपसभामुखमा दार्चुलाका सांसद निर्मला जोशीको नाम सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्रको प्रदेश कमिटीले ३२ वर्षिय जोशीलाई सो पदमा ल्याउने निर्णय गरेको स्रोतले जनाएको छ ।
सांसद जोशीले आज उम्मेदवारी दर्ता गर्न लागेको माओवादी केन्द्र प्रदेश कमिटीले जनाएको छ ।
७ नम्बर प्रदेशमा आज मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ लिंदै छन् । यस प्रदेशमा माघ २९ गतेनै एमाले बझाङ सांसद अर्जुनबहादुर थापा सभामुख बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्