२ माघ २०८१, बुधबार

नेता छान्ने जिम्मेवारी रावललाई



धनगढी । नेकपा (एमाले) सात नम्बर प्रदेशको संसदीय दलको बैठकले नेता छान्ने जिम्मेवारी केन्द्रीय उपाध्यक्ष तथा प्रदेश सन्योजक भीम रावललाई दिएको छ ।
शुक्रबार बिहान धनगढीस्थित प्रदेश कार्यालयमा भएको दलको बैठकले सो जिम्मेवारी नेता रावललाई दिएको हो ।
पत्रकारहरुको एक प्रश्नको जवाफमा नेता रावलले आज साझसम्म दलको नेता छान्ने सम्भावना रहेको बताए ।
उनले केन्द्रीय अध्यक्ष, पार्टीको प्रदेश सन्योजक र दलको नेताले सल्लाह गरेर मन्त्री,प्रमुख सचेतक र समितिका सभापति बारे निर्णय गर्ने जानकारी पनि दिए । उनले भोलीको मुख्यमन्त्रीको सपथ अघि नै एमालेबाट जाने मन्त्रीको नाम छानिने पनि बताए ।
अर्को फरक प्रश्नमा उनले आफू मन्त्री बन्ने दौडमा नरहेको बताउदै पार्टीले जे सरकार वा पार्टी काम जुन जिम्मेवारी दिन्छ त्यो गर्ने बताए ।
दलको बैठकले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकोमा बधाई प्रस्ताव पनि पास गरेको छ । यस्तै सात नम्बर प्रदेशको मुख्यमन्त्रीमा एमाले सहितको गठबन्धनबाट माओवादी नेता त्रिलोचन भट्ट निर्बाचित भएकोमा पनि बधाई दिएको छ । बैठकले सभामुख निर्बाचित भएकोमा बझाङबाट निर्बाचित सान्सद अर्जुनबहादुर थापालाई समेत बधाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार