२ जेष्ठ २०८१, बुधबार

भट्टद्वारा मुख्यमन्त्रीको दावेदारी प्रस्तुत



धनगढी । मुख्यमन्त्रीका दावेदार नेकपा माओवादी केन्द्रका ७ नम्बर प्रदेशका संसदीय दलका नेता त्रिलोचन भट्टलाई उनीसहित ३५ जनाले समर्थन गरेका छन् । भट्टलाई एमाले २५ मध्ये २२ र माओवादीका १४ मध्ये १३ जना सांसदले समर्थन दिएका छन् । एमालेका अछामका हर्कबहादुर कुँवर र दार्चुलाका ग्याल्वुसिंह बोहरा तथा माओवादी केन्द्रका निर्मला बडाल जैंसी धनगढी बाहिर रहेकाले हस्ताक्षर छुटेको एमाले कैलालीका अध्यक्ष तथा प्रदेश सांसद दीर्घबहादुर सोडारी बताए । त्यस्तै, बझाङका सांसद अर्जुनवहादुर थापा सभामुख निर्बाचित हुनु भएकोले उनको हस्ताक्षर गरिएको छैन । समर्थन गरेको हस्ताक्षर पत्र लिएर प्रदेश प्रमुख मोहनराज मल्लको कार्यालयमा पुग्दाका केही तस्बिरहरू ।

प्रदेश प्रमुख मोहनराज मल्ललाई मुख्यमन्त्रीको दावेदारी प्रस्तुत गर्दे नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट ।
मुख्यमन्त्रीको दावेदारी पत्रमा सांसदहरुले गरेको हस्ताक्षर
मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गर्न जाँदै गरेका मुख्यमन्त्रीका दाबेदार भट्ट सहितका एमाले र माओबादीका नेताहरु
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार