७ कार्तिक २०८१, बुधबार

सभामुखद्धारा पदभार ग्रहण



धनगढी । प्रदेश नम्बर सातका सभामुख अर्जुनबहादुर थापाले बुधबार पदभार ग्रहण गरेका छन ।
सात नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीस्थित संसद भवनको नजिकै रहेको सभामुखको कार्यालयमा उनले सभामुखको पदभार ग्रहण गरेका हुन ।
सांसद थापा माघ २९ गते बसेको संसदको पहिलो अधिबेशनको दोस्रो बैठकबाट सभामुख निर्बाचित भएका थिए ।
संसद सचिबालयका कर्मचारीसंग परिचयात्मक कार्यक्रम समेत गर्दै सभामुख थापाले कर्मचारीकै सहयोगमा संसदको गरिमा र महत्व अझ बृद्धी हुने विश्वास व्यक्त गरे । हामी सिक्दै छौ गल्ती कमजोरी हुन्छन तर ती कमजोरी सुधार्ने जाँगर हुनुपर्छ उनको भनाई छ ।
सो अबसरमा प्रदेश संसदका कर्मचारीको क्षमता अभिबृद्धी गर्न आइपुगेका संघीय संसदका उपसचिव झलक शर्माले सभामुखलाई नेपालको संबिधान पुस्तक उपहार दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार