श्रीमतिको हत्या अभियोगमा पक्राउ



अछाम । अछामको कमलबजार नगरपालिका वडा नम्बर २ गणेशपुरका केशर खड्कालाई श्रीमतीको हत्या अभियोगमा पक्राउ गरिएको छ ।
अभियुक्त ३५ वर्षीय खड्काले आफूले कुटपिट गरी ३३ वर्षीया श्रीमती पवित्राको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
उनले आइतबार राति श्रीमतीलाई कुटपिट गरी हत्या गरेर घरभित्रै शव लुकाएको स्थानीयले प्रहरीलाई खबर गरेपछि सोमबार उनलाई पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी प्रमुख (डिएसपी) दधिराम न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्