एनसेल टावरमा आगजनी
डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर २ काफलीमा रहेको एनसेलको टावरमा आगजनी भएको छ ।
सोमबार राति आगजनी गरिएको प्रहरीले बताएको छ । आगजनीबाट टावरमा रहेको जेनेरेटर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।
टावरमा कर्मचारी नभएको बेला आगजनी गरिएको थियो । टावर हेर्ने कर्मचारी बेलुकी पाँच बजे नै घर गएको बताइएको छ ।
टावरमा आगजनी भएका कारण टेलिफोन सेवा प्रभावित भएको छ ।
उता, बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ८, ग्वानीमा रहेको एनसेल टावरमा सुतली बम विष्फोट भएको छ ।
मंगलबार बिहान बम विष्फोट भएको प्रहरीले जानएको छ । बम विष्फोटबाट टावरमा राखिएका चार थान सोलारका पाता र ३ वटा ब्याट्रिमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।