सभामुखको सपथ ग्रहण सम्पन्न



धनगढी । संसदको वैठकबाट निर्बिरोध निर्बाचित सभामुख अर्जुनबहादुर थापाले पद तथा गोपनियताको सपथ लिएका छन ।
सोमबार साँझ प्रदेश प्रमुख मोहनराज मल्लसंग सभामुख थापाले पद तथा गोपनियताको सपथ लिएका हुन । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सभाका सांसदहरु, सरकारी अधिकारीहरु र सर्वसाधारणको ठूलो उपस्थिति थियो ।
सोमबार नै सभामुख निर्बिरोध भएका सभामुख थापाले प्रदेश भवन नजिकै रहेको कार्यालयमा गएर आफ्नो पदभार गर्ने कार्यक्रम भने तयारी पुरा नभएकोले हुन सकेन ।

तस्वीरमा सपथ ग्रहण समारोह

प्रदेश प्रमुख मोहनराज मल्लसंग पद तथा गोपनियताको सपथ ग्रहण गर्दे सभामुख अर्जुनबहादुर थापा (बाँया) । साथमा प्रदेश संसदकी ज्येष्ठ सदस्य दिव्यश्वरी शाह ।
सभामुखको सपथपछि श्रीमतिसंग

सपथ ग्रहणमा उपस्थित प्रदेश सभाका सांसदहरु ।

प्रतिक्रिया दिनुहोस्