१ माघ २०८१, मंगलवार

थापा निर्विरोध सभामुख निर्वाचित



धनगढी । प्रदेश नम्वर सातको सभामुखमा नेकपा (एमाले) का सांसद अर्जुनबहादुर थापा निर्बिरोध निर्वाचित भएका छन । थापालाई सोमवार वसेको संसदको बैठकले निर्विरोध निर्वाचित गरेको हो ।
सभामुखमा थापाको मात्रै उम्मेदवारी परेपछि बैठकको अध्यक्षता गरिरहनु भएकी ज्येष्ठ सदस्य दिब्यश्वरी शाहले प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम थापा सभामुखमा निर्बिरोध निर्वाचित भएको घोषणा गरिन ।
त्यसअघि एमालेका सांसद दीर्घबहादुर सोडारीले थापा तथस्ट बस्न सक्ने, परिपक्क र सवैलाई मिलाउन सक्ने क्षमताको धनी भएको चर्चा गर्दै उनलाई सभामुखमा निर्बाचित गर्न संसदका सदस्यहरुलाई अनुरोध गरेका थिए । सांसद सोडारीले थापाको जीवनी बारे पनि चर्चा गरेका थिए ।
सांसद सोडारीको प्रस्तावलाई समर्थन गर्दै नेकपा माओबादी केन्द्रका सांसद त्रिलोचन भट्टले पनि सभामुखका लागि थापा योग्य व्यक्ती भएको चर्चा गरे । उनले सभामुखमा थापा निर्बिरोध निर्बाचित हुने अवस्थाले देशभर नयाँ सन्देश जाने बताए ।
वझाङ जिल्लाको क निर्वाचन क्षेत्रबाट निर्बाचित ६२ बर्षिय थापा शिक्षण पेशाबाट राजनीतिबाट लागेका हुन । बझाङका विभिन्न विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थापाले २०५६ सालको आमनिर्वाचन लड्नका लागि शिक्षण पेशा छोडेका थिए । २०५६ को चुनावमा झिनो मतले पराजित थापाले दुईपटक एमाले बझाङ जिल्ला कमिटीको नेतृत्व गरिसकेका छन । उनी त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक उत्तिर्ण छन ।
सभामुखमा निर्बाचित भएपछि अनुमोदनसंग कुराकानी गर्दै सभामुख थापा आफूले सभामुख पदको गरिमा अझ उच्च बनाउने बताए । उनले भने संसदले आफूलाई सर्बसम्मत सभामुख बनाएको सन्र्दभलाई गम्भीररुपमा लिएको छु । सभामुख थापाले जसरी मलाई सर्वसम्मत बनाउनु भयो त्यस्तै गरेर सात नम्वर प्रदेशका हीतका लागि पनि पार्टी भन्दा माथि उठेर काम गर्न सम्पूर्ण सांसदलाई आग्रह गर्दछु भने ।
सभामुख थापाको आजै साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण हुदैछ । उनले आजै सभामुखको कार्यभार सम्हाल्ने छन ।
सभामुखको चुनाबका लागि मात्रै सोमबार संसद वसेको वैठकले फागुन ६ गते आइतबार १ बजे उपसभामुखको निर्बाचन गर्ने निर्णय गरेको छ । बैठकको अध्यक्षता गरिरहनु भएकी ज्येष्ठ सदस्य शाहले निर्बाचन कार्यक्रम तय गर्न संसद सचिबालयलाई जिम्मेवारी सुम्पिएकी थिइन ।

(तस्बिरहरू : लक्ष्मीप्रसाद जैशी)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार