थापा निर्बिरोध सभामुख



धनगढी । नेकपा एमालेको तर्फबाट सभामुखका उम्मेदवार बनेका अर्जुनबहादुर थापा निर्बिरोधरुपमा सभामुख बन्ने भएका छ्न ।
शनिबार संसद सचिवालयको निर्वाचन कार्यक्रम अनुसार उनले सभामुखमा मनोनयन गरेका छ्न् । थापाको प्रस्तावकमा एमालेका सांसद तथा कैलाली अध्यक्ष दीर्घ सोडारी र समर्थक प्रस्तावित मुख्यमन्त्री तथा माओवादी नेता त्रिलोचन भट्ट रहेका छ्न् । दिउँसो ३ बजेसम्म थापाका विरुद्ध कसैले पनि मनोनयन नगरेकोले उनी निर्बिरोध हुने सम्भावना बढेको हो ।
संसद सचिवालयका सचिव मुरारी महतका अनुसार मनोनयनको समय साझ ५ बजेसम्म छ । नेपाली काङ्ग्रेस स्रोतको अनुसार काङ्ग्रेसले उम्मेदवारी नदिने भएको छ ।
६२ वर्षका थापाले आफू सभामुख भए निश्पक्षरुपमा संविधान अनुसार काम गर्ने बताए । थापा बझाङको क निर्बाचन क्षेत्रबाट प्रदेश सभामा निर्बाचित भएका हुन ।

प्रतिक्रिया दिनुहोस्