४ असार २०८१, सोमबार

जीपको ठक्करबाट महिलाको मृत्यु



कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको झलारी–वाणी सडकखण्डमा जीपको ठक्करबाट बिहीबार एक महिलाको मृत्यु भएको छ ।
धनगढीवाट महेन्द्रनगरतर्फ आउँदै गरेको बा १३ च ३९०४ नम्बरको जीपको ठक्करबाट शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का ३० वर्षीया हजारी विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणि भट्टले बताए । दुर्घटना कृष्णपुर नगरपालिका वडा नम्बर २ मा पर्ने बनहरा पुलमा भएको थियो ।
प्रहरीले चालक सहित जीप कारबाहीका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार