३ आश्विन २०८१, बिहीबार

चाँडै नयाँ सरकार बन्ने : एमाले वरिष्ठ नेता नेपाल



धनगढी । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जति सक्यो धेरै दलको सहभागितामा चाँडै नयाँ सरकार बन्ने बताएका छन् ।
आज धनगढी विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दे नेता नेपाललले बामगठवन्धन बाहेकका मधेसी लगायतका दललाई समेत सरकारमा सहभागी हुन आव्हान गरिने बताए ।
निर्वाचन आयोगले प्रतिनिधिसभामा विजयी सांसदहरुको सूची राष्ट्रपतिलाई वुझाउने वित्तिकै नयाँ सरकार वन्ने विश्वास उनको छ । एक फरक प्रश्नको जवाफमा उनले एमाले माओवादी एकता हुनु भन्दा पहिले नै सरकार वन्ने वताए ।
संविधानका कारण पहिले सरकार बनाउनुपर्ने अवस्था छ त्यसपछि पार्टी एकता हुन्छ उनले भने, एकता गर्नु पहिले विचार र व्यवस्थापनको छिनोफानो गर्न छलफल भइरहेका छन् ।
एमालेले जनताको वहुदलिय जनबाद र माओवादीले एक्काइसौ शताव्दीको जनवाद भन्ने विचार वोकेको छ त्यसैले विचारका मामलामा हामी स्पष्ट हुनुपर्छ त्यसपछि पार्टी एकता हुन्छ उनले थपे, नेता कार्यकर्ताको व्यवस्थापन गर्नु पनि जरुरी छ ।
टीकापुरमा भइरहेको महोत्सव उद्घाटन गर्न कैलाली पुग्नु भएका नेता नेपालले पत्रकारसंग कुराकानी गर्दे राष्ट्रपति लगायतका पदमा को जाने भन्ने टुंगो लागि नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार